मधेस प्रदेश : बजारहरुमा अत्याधिक भिड, स्थानीय तहमा सतर्कताको अभाव

 माघ ७, २०७८ शुक्रबार १८:१२:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – मधेश प्रदेश अन्तर्गतका विभिन्न जिल्लाहरुमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमित भेटिए पनि स्थानीय तहमा भने सतर्कताको अभाव देखिएको छ ।

बजारमा भिडभाड अत्याधिक देखिएको छ भने सर्वसाधारणहरु स्वास्थ्य मापदण्ड अपनाउन छाडेका छन् । बिना मास्क बजारमा सर्वसाधारणहरु आवतजावत गर्ने गरेका छन् भने भिडभाड समेत देखिएको छ । बजारमा भिडभाड देखिएको छ भने स्वास्थ्य मापदण्डलाई कडाई गराउन खासै चासो देखाइएको छैन । राजनीतिक दलहरुले समेत कोभिड नियन्त्रणका लागि लागू गरिएको स्वास्थ्य मापदण्डको बेवास्ता गर्दै आ–आफनो गतिविधिलाई अगाडि बढाउने गरेको पाइएको छ ।    

पछिल्लो केही दिनदेखि मधेश प्रदेशमा कोरोना संक्रमणको दर बढेको छ । अहिले दिनहुँ सयौँको संख्यामा कोरोना संक्रमित थपिदै गएका छन् । मधेश प्रदेशमा १४ जनामा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका निर्देशक विजय झाले जानकारी दिनुभयो । ५ सय २७ जना परीक्षण गर्दा १४ जनामा ओमिक्रोन भेरियन्ट देखिएको हो ।

बिहीवार प्रदेशको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २ सय ७ जनामा कोरोना संक्रमण देखिएको थियो । हाल यस प्रदेशमा १ हजार २ सय ११ जना कोरोनाको सक्रिय संक्रमित रहेका छन् । संक्रमितहरुमध्ये आईसीयूमा २ जना, एचडीयूमा ४ जना र बाँकी संक्रमित होम आइसोलेशनमा रहेका छन् ।

झाका अनुसार मधेश प्रदेशमा हालसम्म ५० प्रतिशतले कोरोनाविरुद्धको पूर्ण (दोस्रो मात्रा) खोप लगाएका छन् । बढ्दै गएको कोभिड संक्रमणको ग्राफ, खोपसम्बन्धी निरन्तरको प्रचार–प्रसार र स्थानीय जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीको सक्रियताका कारण पछिल्लो समय खोप लगाउने दर बढेको उहाँकाे भनाइ छ ।

 

अन्तिम अपडेट: माघ २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया