अस्ट्रेलियामा बाढीका कारण हजारौं जनाले घर छाडेर भागे
माघ २०, २०८१ आइतबार
काठमाण्डौ - काठमाण्डौ उपत्यकामा चल्ने गाडीमा आजदेखि जोर-बिजोर प्रणाली लागू भएको छ । आज जोर गते जोर नम्बर प्लेटका गाडी चल्नेछन् ।
अत्यावश्यक कामका लागि सञ्चालन हुने र तोकिएका गाडीमा जोर-बिजोर प्रणाली लागू नहुने तीन वटै जिल्ला प्रशासन कार्यालयले स्पष्ट पारेका छन् ।
काठमाण्डौ, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति निकालेर औषधि एवम् स्वास्थ्य सामग्री बोकेका गाडी, एम्बुलेन्स, दमकल, शववाहन, ग्याँस र पेट्रोलियम पदार्थ बोकेका गाडीमा जोरबिजोर प्रणाली लागू नहुने जनाएका छन् । यस्तै खाद्यान्न, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, पानी, अण्डा, माछामासु, पशुपक्षी, दाना, एवम् कृषि तथा पशुजन्य सामग्री बोक्ने गाडी सञ्चालन गर्न पाइनेछ ।
यसैगरी निर्माण सामग्री बोक्ने गाडीमा चालक र सहचालक मात्र हुनुपर्नेछ । परिचयपत्रको आधारमा बैंक, बीमा, वित्तीय संस्था, वायुसेवा, कम्पनी, डाँक तथा कुरियर सेवा, दूरसञ्चार, सेवा प्रदायक निकायका कर्मचारीले प्रयोग गर्ने गाडी सञ्चालन गर्न पाइने विज्ञप्तिमा उल्लेख छ ।
सूचना तथा प्रसारण विभागबाट जारी प्रेस पास तथा पत्रकार परिचयपत्र रहेका सञ्चारकर्मीले प्रयोग गरेका गाडी, सरकारी र कुटनीतिक नियोगका गाडी पनि सञ्चालन गर्न पाइनेछ । तर यातायात व्यवसायीले सार्वजनिक गाडीमा जोर/बिजोर प्रणाली कोरोना सङ्क्रमण रोकथामका लागि व्यावहारिक नहुने तर्क गरेका छन् । बरु गाडी कम चले चलेका गाडीमा यात्रुहरुको धेरै भीड हुने र यसले सङ्क्रमण थप बढाउने व्यवसायीको भनाइ छ ।
यद्यपि, सरकारले गरेको निर्णय आफूहरुले मान्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।