पश्चिम नेपालबाट न्यून चापीय प्रणाली भित्रियो : मौसम बद्ली

 माघ ८, २०७८ शनिबार ७:२८:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - देशभरको मौसम बद्ली भएको छ । पश्चिम नेपालबाट भित्रिएको न्यून चापीय प्रणालीका कारण आजदेखि मौसम बद्ली भएको हो ।

अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बादल लागिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर अहिलेसम्म कतै पनि पानी परेको छैन ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, वाग्मती र प्रदेश-१ का एक–दुई ठाउँमा आज दिउँसो हल्का वर्षाको सम्भावना छ । आजराति पनि मौसम बद्लीकै अवस्थामा रहनेछ ।

अहिले तराईमा हुस्सु र कुहिरो लागेको महाशाखाका मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । अबको दुई/तीन दिन उच्च भूभागमा हिमपात तथा पहाडी र तराई क्षेत्रमा पानी पर्नसक्ने सम्भावना देखिएको छ । न्यून चापीय प्रणालीको प्रभाव पर्सि सोमवारसम्म देखिनेछ । त्यसपछि क्रमशः सुधार हुँदै जाने उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: माघ १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया