सिके राउतको पार्टीका हिंसात्मक गतिविधि रोक्न सरकारसँग जसपाको माग

 माघ ८, २०७८ शनिबार १९:१६:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - जनता समाजवादी पार्टी जसपाले हिंसात्मक गतिविधि रोक्न सिके राउत नेतृत्वको जनमत पार्टीलाई चेतावनी दिएको छ ।

जसपा केन्द्रीय कार्यकारिणी समितिका सदस्य एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले जनमत पार्टीलाई लक्षित गरी गौर हत्याकाण्ड दोहोर्याउने चेतावनी दिएको भनी विरोध भइरहेका बेला जसपाले भने जनमत पार्टीलाई चेतावनी दिएको हो ।

जसपा केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले निकाल्नुभएको विज्ञप्तिमा राउतका आपराधिक र गैर राजनीतिक क्रियाकलाप रोक्न सरकारसँग माग गरिएको छ ।

जसपाले रौतहटमा आयोजित बलिदानी दिवसको कार्यक्रमलाई जनमत पार्टीका नेता तथा कार्यकर्ताहरू सुनियोजित ढङ्गबाट लाठी, भाटा, ढुङ्गा आदि लिइ यस कार्यक्रमलाई अवरोध गर्ने, कार्यक्रम बिथोल्ने आतङ्क मच्चाउने र हिंसा भड्काउने जस्ता गैर-राजनीतिक एवम् आपराधिक क्रियाकलापमा संलग्न रहेका दाबी गर्दै त्यस्तो काम नगर्न चेतावनी दिएको छ ।

अन्तिम अपडेट: माघ १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया