अर्जुन ट्रफी : धनगढीले घाेडाघाेडी–११ लाई ६९ रनले हरायाे
माघ २०, २०८१ आइतबार
काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०७८/७९ को पहिलो पाँच महिनामा वितरणतर्फको विद्युत् चुहावटलाई घटाएर ९ दशमलव १० प्रतिशतमा झारेको छ । नियमित रूपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैरप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएको अभियानबाट प्राधिकरणले गएको वर्षको मङ्सिरसम्मको वितरणतर्फको सञ्चित चुहावटको तुलनामा यस वर्ष २ दशमलव ८२ प्रतिशत विन्दुले घटाएको छ । गएको वर्ष मङ्सिरसम्मको वितरणतर्फको विद्युत् चुहावट ११ दशमलव ९२ प्रतिशत थियो ।
प्रणालीमा रहेको विद्युत् चुहावटमध्ये सबैभन्दा ठूलो हिस्सा वितरणतर्फको हुन्छ । प्राधिकरणले चालु आवमा समग्र प्रणालीको विद्युत चुहावट १५ दशमलव ५ प्रतिशतमा र वितरणतर्फको चुहावटलाई ९ दशमलव ५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ ।
प्राविधिक र गैरप्राविधिक चुहावट नियन्त्रणका लागि चालिएका कदमलाई अझै सशक्त र प्रभावकारी बनाएर चुहावटलाई लक्ष्यभन्दा अझै कम बनाउने गरी सम्पूर्ण टिम परिचालन गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो ।
कार्यकारी निर्देशक घिसिङले यस अवधिमा नयाँ सबस्टेशन निर्माण सम्पन्न भएको, सञ्चालमा रहेका सबस्टेशनको स्तरोन्नति गरिएको, औद्योगिक क्षेत्रमा विद्युत् खपत बढेको, मिटर रिडिङलाई प्रभावकारी बनाउँदा ग्राहककोमा सञ्चित रहेको युनिट बिलिङ भएको लगायतका कारणबाट चुहावट घटेको उल्लेख गर्नुभयो ।
‘हुकिङलगायतबाट हुने विद्युत् चोरी नियन्त्रणका लागि नियमित अनुगमन तथा कारबाही, ओभरलोड भएका सबस्टेशनको सुदृढीकरण तथा नयाँ सबस्टेशनको निर्माण, कन्डक्टर, ट्रान्सफर्मर फेर्नेलगायतका काम अगाडि बढाइकाले चुहावट घटेको हो’, उहाँले भन्नुभयो, ‘गर्मी सुरु भएपछि चुहावट केही बढ्न सक्छ, यसलाई ध्यान दिंदै चुहावटलाई वाञ्छित सीमाभन्दा तल झार्ने गरी काम भइरहेको छ ।’
सबस्टेशनको क्षमता वृद्धि गर्ने, कन्डक्टर थप्ने, ओभरलोड ट्रान्सफर्मर फेर्ने, थ्री फेज मिटरको प्रयोगलाई प्रोत्साहन गर्ने लगायतका कदमको परिणाम चुहावट नियन्त्रणमा देखिएको हो । प्राधिकरणले गैरप्राविधिक चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण, महसुल बक्यौता असुलीमा कडाइ, मिटर बाइपास तथा हुकिङ गरी चोरी गर्नेलाई कडा कारबाही गर्र्नेे, बन्द मिटर फेर्ने, मिटर लिन प्रोत्साहित गर्ने, मिटर रिडिङ नभएको (स्टक युनिट) ग्राहकको पहिचान गरी रिडिङ गर्ने काम अभियानकै रूपमा चलाएको छ ।
सबैभन्दा बढी विद्युत् चुहावट मधेस प्रदेशमा
प्राधिकरणका सात वटा प्रादेशिक कार्यालय र दुई वटा प्रदेश डिभिजन कार्यालय मातहतका वितरण केन्द्रमध्ये सबैभन्दा बढी विद्युत् चुहावट मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरको रहेको छ । प्रादेशिक कार्यालय जनकपुर मातहतका २३ वटा वितरण केन्द्रको समग्र विद्युत् चुहावट १२ दशमलव ९९ प्रतिशत छ । अघिल्लो वर्ष १७ दशमलव ३६ प्रतिशत थियो ।
सर्लाहीको मलङ्गवा वितरण केन्द्रको सबैभन्दा बढी ४३ दशमलव ८२ प्रतिशत विद्युत् चुहावट रहेको छ । गएको वर्ष मलङ्गवा वितरण केन्द्रको विद्युत् चुहावट १० दशमलव १७ प्रतिशत थियो । बाराको सिम्रौनगढ वितरण केन्द्रको विद्युत चुहावट ३९ दशमलव ८० प्रतिशत रहेको थियो । गएको वर्ष त्यस केन्द्रको चुहावट ५३ दशमलव ०७ प्रतिशत थियो ।
महोत्तरीको जलेश्वर वितरण केन्द्रको चुहावट गएको वर्ष ४२ दशमलव २७ प्रतिशत रहेकोमा यस वर्ष ३७ दशमलव ६१ प्रतिशत रहेको छ ।
औद्योगिक ग्राहक धेरै रहेकाले बाराको सिमरा वितरण केन्द्रको विद्युत् चुहावट ० दशमलव ४८ प्रतिशत रहेको छ । अघिल्लो वर्ष केन्द्रको चुहावट १ दशमलव ६७ प्रतिशत थियो ।
प्रदेश नं १ प्रादेशिक कार्यालय विराटनगर मातहतका २४ वटा वितरण केन्द्रमध्ये सबैभन्दा बढी विद्युत् चुहावट सुनसरीको इनरुवा वितरण केन्द्रको छ । यस केन्द्रको विद्युत् चुहावट २४ दशमलव ८१ प्रतिशत रहेको छ । अघिल्लो वर्ष २७ दशमलव २२ प्रतिशत थियो ।
वाग्मती प्रदेश अन्तर्गत प्रदेश डिभिजन कार्यालय हेटौँडा मातहतका ६ वटा वितरण केन्द्रमध्ये सबैभन्दा बढी मकवानपुरको पालुङ वितरण केन्द्रको ३० दशमलव ११ प्रतिशत विद्युत् चुहावट रहेको छ । गएकाे वर्ष त्यस केन्द्रको २६ दशमलव ५८ प्रतिशत चुहावट थियो ।
वाग्मती प्रदेश प्रादेशिक कार्यालय काठमाण्डौ मातहतका २० वटा वितरण केन्द्रमध्ये सिन्धुपाल्चोक वितरण केन्द्रको सबैभन्दा बढी ३१ दशमलव ९३ प्रतिशत चुहावट रहेको छ । अघिल्लो वर्ष त्यस केन्द्रको २५ दशमलव १२ प्रतिशत चुहावट थियो । त्यसपछि सिन्धुपाल्चोककै हेलम्बू वितरण केन्द्रको विद्युत् चुहावट ३० दशमलव ७८ प्रतिशत छ । गएकाे वर्ष केन्द्रको चुहावट ९ दशमलव २८ प्रतिशत थियो ।
गण्डकी प्रदेश अन्तर्गत प्रादेशिक कार्यालय पोखरा मातहतका १३ वटा वितरण केन्द्रमध्ये सबैभन्दा बढी चुहावट म्याग्दी वितरण केन्द्रको छ । केन्द्रको चुहावट अघिल्लो वर्ष १८ दशमलव ९२ प्रतिशत रहेकोमा यस वर्ष १५ दशमलव ५५ प्रतिशतमा झरेको छ ।
लुम्बिनी प्रदेश अन्तर्गत प्रादेशिक कार्यालय बुटवल मातहतका ११ वटा वितरण केन्द्रमध्ये सबैभन्दा बढी चुहावट कपिलवस्तुको तौलिहवा वितरण केन्द्रको २५ दशमलव ५६ प्रतिशत रहेको छ । गएकाे वर्ष केन्द्रको चुहावट १४ दशमलव ८४ प्रतिशत थियो ।
लुम्बिनी प्रदेश अन्तर्गत प्रदेश डिभिजन कार्यालय नेपालगञ्ज मातहतका १४ वटा वितरण केन्द्रमध्ये सबैभन्दा बढी विद्युत् चुहावट प्युठान वितरण केन्द्रको १९ दशमलव ४२ प्रतिशत रहेको छ । अघिल्लो वर्ष त्यस केन्द्रको चुहावट १९ दशमलव ९० प्रतिशत थियो ।
कर्णाली प्रदेश अन्तर्गत प्रादेशिक कार्यालय सुर्खेत मातहतका ११ वटा वितरण केन्द्रमध्ये सबैभन्दा बढी चुहावट रुकुम (पश्चिम) वितरण केन्द्रको रहेको छ । केन्द्रको चुहावट गएकाे वर्ष ३१ दशमलव २५ प्रतिशत रहेकोमा यस वर्ष २७ दशमलव १३ प्रतिशतमा झरेको छ ।
सुदूरपश्चिम प्रदेश अन्तर्गत प्रादेशिक कार्यालय अत्तरिया मातहत ११ वटा वितरण केन्द्रमध्ये सबैभन्दा बढी चुहावट अछाम वितरण केन्द्रको रहेको छ । गएकाे वर्ष १८ प्रतिशत रहेको केन्द्रको चुहावट यस वर्ष बढेर २० दशमलव ४४ प्रतिशत पुगेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।