काठमाण्डौ उपत्यकाका ८ ठाउँबाट मेशिनबाटै ट्राफिक जरिबाना तिर्न सकिने

 माघ ९, २०७८ आइतबार १९:४४:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डाै उपत्यकाका आठ ठाउँबाट मेशिनबाटै ट्राफिक जरिबाना तिर्न सकिने भएको छ । ट्राफिक नियम उल्लङ्घन गरेबापत चालकले तिर्नुपर्ने जरिबाना रकम प्रभु–पेको 'किअस्क' मेशिनको प्रयोग गरी भुक्तानी गर्न सकिने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

यसअघि महानगरीय ट्राफिक प्रहरी महाशाखामा रहेको सेवा आज आइतवारदेखि महानगरीय ट्राफिक प्रहरी प्रभाग गौशाला, महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वर, महानगरीय ट्राफिक प्रहरी प्रभाग गठ्ठाघर, महानगरीय ट्राफिक प्रहरी प्रभाग थापाथली, महानगरीय ट्राफिक प्रहरी वृत्त मालीगाउँ र महानगरीय ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा विस्तार भएको छ ।

महाशाखाका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीका अनुसार ट्राफिक नियम उल्लङ्घन गरेबापत जरिबाना तिरी आफ्नो कागजपत्र फिर्ता लिन सरल एवम् सहज होस् भन्ने उद्देश्यले विभिन्न सात कार्यालयमा सेवा विस्तार गरिएको बताउनुभयो । ‘किअस्क’ मेसिनमा सिधै नगद राखेर जरिबाना भुक्तानी गर्न सकिने भएकाले बैंकमा गइ लाइन बस्नुपर्ने झन्झट नहुने र समयको पनि बचत हुने उहाँले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया