दक्षिण अफ्रिकालाई हराउँदै भारतले जित्याे यू–१९ महिला टी–२० व...
माघ २०, २०८१ आइतबार
काठमाण्डाै - राइड शेयरिङ कम्पनी पठाओले गएको शनिवार राति अपहरणमा परेका पठाओ राइडरले अफलाइनमा बार्गेनिङ गरेर यात्रु बोकेको स्पष्ट पारेको छ ।
पठाओको नियम अनुसार यात्रु र चालक दुवैले अनलाइनमार्फत पारदर्शी कारोबार गरेर सेवा लेनदेन गर्नुपर्ने भए पनि शनिवार राति अपहरणमा परेका प्रविण राईले पठाओ एपको प्रयोग नगरि अफलाइनमा यात्रुसँग बार्गेनिङ गरेर सेवा दिएको र नियमभन्दा गलत रहेको कम्पनीले जनाएको छ ।
घटना भएको समयमा लिइएको राइड पठाओको अनलाइन राइड नभएको देखिएको र यस्तो राइड सुरक्षित र सुनिश्चित दुवै नहुने भएकाले अफलाइन राइड लिने र दिने काम नगर्न आफूहरुले बारम्बार सेवाग्राही र राइडर दुवैलाई सुझाउँदै आएको कम्पनीले जनाएको छ।
‘पठाओ मोबाइल एपको विवरण अनुसार अपहरण र लुटपाटमा पर्ने व्यक्ति प्रविन राईले यस घटना हुनु अगाडि याे दिनमा सामाखुसीदेखि कोटेश्वरसम्म अन्तिम राइड लिएको देखिन्छ । रातको ११ बजेर १८ मिनेट जाँदा सामाखुसीबाट लिएको राइड ११ बजेर ३३ मिनेट जाँदा कोटेश्वरमा टुङ्गिएको छ ।
कोटेश्वरदेखि घटनास्थल धापाखेल पुगेको कुनै पनि विवरण पठाओ एपमा उपलब्ध छैन । यसरी हेर्दा पठाओको सेवा लिँदै वा दिँदै गर्दा घटना भएको देखिँदैन । 'पठाओ चालकले बाटोमा भेटेका व्यक्तिलाई बार्गेनिङ गरेर राइड लिएको देखिन्छ, जुन सरासर गलत हो’ पठाओले भनेको छ ।
पठाओ अनलाइन राइड सेयरिङ प्लाटफर्म हो । पठाओको सेवा लिन र दिन मोबाइल एपमार्फत बुकिङ गर्न आवश्यक हुन्छ । यसरी सेवा प्रदान गर्दा यात्रा गरिरहेको सवारीको विवरण, सेवाग्राही र राइडर दुवैको व्यक्तिगत जानकारी तथा यात्रा गरिरहेको ठाउँको विवरण पठाओको एपमा उपलब्ध हुन्छ ।
सडकमा बसेर यात्रुलाई बार्गेनिङ गरी राइड लिने प्रवृत्तिदेखि सावधान हुनु आवश्यक रहेको भन्दै कम्पनीले मोबाइल एपमार्फत राइड रिक्वेस्ट नगरि वा रिक्वेस्ट गरेको राइड क्यान्सिल गरी अफलाइन राइड लिँदा सेवाग्राही र राइडर दुवैको व्यक्तिगत विवरण र राइड तथा सवारीको विवरण रेकर्डमा नहुने हुँदा सुरक्षा संवेदनशीलता बढ्ने जनाएको छ । अफलाइन राइड लिँदा यो घटनामा जस्तै आपराधिक मानसिकता भएका मानिसले गलत फाइदा उठाउन सक्नेतर्फ पठाओले सचेत गराएको छ ।
अनलाइन राइडको समयमा कसैले गलत गरिहालेमा व्यक्तिगत, राइड र सवारीको जानकारी मोबाइल एप तथा पठाओको आइटी सिस्टममा हुने भएकाले सप्रमाण प्रहरीमा उजुरी दिन सकिन्छ । याे जानकारीका आधारमा पीडकलाई नियन्त्रणमा लिन प्रहरी प्रशासनलाई समेत सहज हुने कम्पनीले जनाएको छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।