नेपाल यो वर्ष पनि भ्रष्टाचार व्याप्त देश, गएको वर्ष र अहिले एउटै सूचीमा

 माघ ११, २०७८ मंगलबार १२:१७:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

बढी भ्रष्टाचार गर्ने देशहरुको सूचीमा नेपाल यो वर्ष पनि अघिल्लो वर्षकै अवस्थामा रहेको छ ।

भ्रष्टाचारविरुद्धको संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलले आज सार्वजनिक गरेको भ्रष्टाचार मापन अवधारणा सूचकाङ्कमा नेपाल ३३ आक प्राप्त गरी एक सय १७औँ स्थानमा सूचीकृत भएको छ । गएको वर्ष पनि नेपाल ३३ अङ्कसहित एक सय १७औँ स्थानमै थियो ।

सूचकाङ्कमा एक सय अङ्कले अति स्वच्छ र ० अङ्कले अति भ्रष्टाचार रहेको जनाउँछ । यस वर्षको औसत स्कोर ४३ रहेको छ । नेपाल औसतभन्दा तल रहेको छ । सन् २०२० र २०२१ मा नेपालको अङ्क स्थिर रहनु भनेको भ्रष्टाचार नियन्त्रणमा कुनै प्रगति हुन नसकेको हो ।

सर्वेक्षणले नेपालमा सार्वजनिक क्षेत्रमा भ्रष्टाचार र अधिकारको दुरुपयोग कायम रहनु, व्यापार व्यवसायमा घुसखोरी रहनु, कारबाहीमा कमी वा ढिला हुनुले भ्रष्टाचार बढेको देखाएको छ । ट्रान्सपरेन्सीले सूचनामा नागरिकको पहुँचमा कमी हुनु, राजनीतिक भ्रष्टाचार नियन्त्रण नहुनुजस्ता कारण भ्रष्टाचार कायम रहेको जनाएको छ ।

ट्रान्सपरेन्सीले ४० अङ्कभन्दा तल प्राप्त गर्ने देशलाई भ्रष्टाचार व्याप्त भएको देशको सूचीमा राख्छ ।  विश्व बैङ्क, वर्ल्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेसन, वर्ल्ड जस्टिस प्रोजेक्ट, र भीडीईएमसमेत गरी ६ वटा संस्थाले गरेको सर्वेक्षणका आधारमा सूचकाङ्क मापन हुने ट्रान्सपरेन्सी इन्टरनेशनलले जनाएको छ ।

यस वर्षको सूचकाङ्कमा समावेश भएका एक सय ८० देशमध्ये डेनमार्क, फिनल्यान्ड र न्युजिल्यान्डले एक सय पूर्णाङ्कमा समान ८८ अङ्क प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने देश बनेका छन् । यस्तै दक्षिणी सुडान ११ अङ्क प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने देशको रुपमा सूचीकृत भएको छ ।

दक्षिण एसियाली देशहरूमध्ये भुटान ६८ अङ्क प्राप्त गरी २५औँ स्थान तथा माल्दिभ्स र भारत ४०/४० अङ्क प्राप्त गरी ८५औँ स्थानमा छन् । ट्रान्सपरेन्सी इन्टरनेशनलले सन् १९९५ देखि प्रत्येक वर्ष भ्रष्टाचार मापक सूचकाङ्क सार्वजनिक गर्दै आएको छ । 

अध्ययन : 

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया