को अघि ? संसारको ‘च्याटजीपीटी’ कि नेपालीको ‘च्याटजेपिटी’ !
माघ २०, २०८१ आइतबार
काठमाण्डाै – सर्वोच्च अदालतले पारासिटामोल जस्ता अतिआवश्यक औषधि सहजरूपमा उपलब्ध गराउन सरकारको नाममा आदेश जारी गरेको छ । न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले आज मङ्गलवार सरकारका नाममा यस्ताे आदेश जारी गरेको हो ।
आदेशमा अहिले कोभिडको प्रकोप कायम रहेको अवस्थामा त्यसकाे उपचारका लागि आवश्यक पर्ने अति सामान्य र महत्त्वपूर्ण औषधि सिटामोल र पारासिटामोल देशभरिका अस्पताल तथा औषधि पसलहरूमा पर्याप्त मात्रामा सहज आपूर्ति हुन नसकेको उल्लेख छ ।
नागरिकको स्वास्थ्यसम्बन्धी मौलिक हकको व्यावहारिक प्रचलन गराउन वाञ्छनीय देखिएको हुँदा सबै तहका सरकारबीच समन्वय गरी अहिलेकाे अवस्थामा स्वास्थ्य उपचारका लागि आवश्यक पर्ने औषधिहरूको तत्काल सहज वितरणको विशेष प्रबन्ध मिलाउन आदेशमा भनिएकाे छ ।
यसअघि साेमवार अधिवक्ता टीकाबहादुर कुँवरले नागरिकलाई सिटामोललगायत अत्यावश्यक औषधि उपलब्ध गराउन आदेशको माग गर्दै सर्वोच्चमा रिट निवेदन दायर गर्नुभएको थियो । त्यही रिट निवेदनको सुनुवाइपछि अदालतले यस्ताे आदेश जारी गरेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।