इलाममा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गयाे

 माघ १३, २०७८ बिहीबार ११:४२:३० | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – इलाममा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा झापाको मेचीनगर नगरपालिका–४ का वर्ष ५५ का रमेश थापा र वर्ष ४० का सूर्यबहादुर थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ  ।

जीपका चालक मेचीनगर–४ बस्ने वर्ष ३३ का अर्जुन कोइराला घाइते भएका छन् । उनको झापाको बीएण्डसी अस्पतालमा उपचार भैरहेको छ । प्रदेश १–०१–००१ च ७९१६ नम्बरको जीप मेची राजमार्गको रोङ गाउँपालिका–४ पहिरोमा अनियन्त्रित भइ याे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर थापाले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया