प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच भेट : पालिकाको चुनावबारे छलफल

 माघ १४, २०७८ शुक्रबार १३:४:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच आज भेटवार्ता भएको छ ।

बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उहाँहरुबीच मुख्य गरी पालिकाको चुनावबारे छलफल भएको प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले बताउनुभयो । यसअघि पनि गठबन्धन दल र शीर्ष नेताबीच पालिकाको चुनावबारे छलफल भएको थियो ।

निर्वाचन आयोगले सरकारलाई पालिका तहको चुनावको मिति तोक्न ताकेता गर्दै आएको छ । तर गठबन्धनका बीचमा सहमति नजुटेका कारण सरकारले अहिलेसम्म मिति तोक्न सकेको छैन । सत्ता गठबन्धनमा ऐन संशोधन गर्ने र पालिकाको चुनाव केही पछि धकेल्नेबारे छलफल हुँदै आएको छ।

यसअघि हिजो प्रधानमन्त्री देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्नुभएको थियो। 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया