दक्षिण अफ्रिकालाई हराउँदै भारतले जित्याे यू–१९ महिला टी–२० व...
माघ २०, २०८१ आइतबार
काठमाण्डाै – पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि हुने भन्दा निको हुनेको संख्या धेरै भएको छ । चार हजार नौ सय चार जनामा कोरोना संक्रमण पुष्टि भएको र पाँच हजार नौ सय २४ जना निको भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी १४ हजार पाँच सय ६२ जनाको नमूना परीक्षण गर्दा चार हजार नौ सय चार जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ६ जनाको ज्यान गएको छ । यो सहित नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार सात सय तीन जना पुगेको छ ।
अहिले नेपालमा ८७ हजार तीन सय २९ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा दुई लाख ७२ हजार सात सय ४८ जनाले कोरोना विरुद्धको खोप लगाएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।