कर्णाली प्रदेश अस्पतालमा आँखा उपचार सेवा सुरु

 माघ १६, २०७८ आइतबार १३:५२:२३ | मुना हमाल
unn.prixa.net

सुर्खेत - कर्णाली प्रदेशमा आँखा उपचार सेवा सुरु गरिएको छ ।

प्रदेश अस्पतालका अनुसार आजदेखि आँखा उपचार सेवा सुरु गरिएको हो । आँखा उपचार सेवा सुरु गरेसँगै अस्पतालमा उपचार गर्न आएका बिरामीहरुलाई सामान्य आँखा उपचारका लागि बाहिर पठाउनुपर्ने बाध्यता हटेको छ । 

अस्पतालका निर्देशक डा. डम्मर खड्काले आँखा रोगको विभाग सुरुवात गरेर उपचार सुरु गरिएको जानकारी दिनुभयो । बिरामीहरुको आँखाको उपचारका लागि छुट्टै बाहिर पठाउनुपर्ने बाध्यता रहे पनि अबदेखि समान्य उपचार यही गर्न सकिने उहाँको भनाइ छ । अहिलेसम्म सुर्खेत आँखा अस्पतालमा मात्रै आँखाको उपचार हुन्थ्यो ।  

प्रदेश अस्पतालका अनुसार आँखा उपचार सेवाका लागि दुई जना आँखारोग विशेषज्ञ डाक्टरसहित तीन जनाको टिम रहेको छ । बाहिर बिरामीलाई पठाउँदा दुःख हुने गरेको थियो ।

उहाँले भन्नुभयो, ‘अस्पतालमै भर्ना भएका बिरामीहरुको आँखा हेर्नुपर्ने हुन्छ । चोटपटक लागेकाको बिरामीहरु आउँछन् । उनीहरुलाई आँखाको उपचार सेवा दिनुपर्यो भने छुट्टै अस्पतालमा पठाउनुपर्ने बाध्यता थियो । अब बाहिर पठाउनुपर्ने बाध्यता हटेको छ ।’

उहाँले यही आर्थिक वर्षमा तत्काल आँखाको शल्यक्रिया सेवा पनि सुरु गरिएको जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया