को अघि ? संसारको ‘च्याटजीपीटी’ कि नेपालीको ‘च्याटजेपिटी’ !
माघ २०, २०८१ आइतबार
काठमाण्डौ - काठमाण्डौको साँखुमा चलिरहेको एक महिना लामो स्वस्थानी व्रतको क्रममा व्रतालुहरु पहिलो चरणको परदेश यात्रामा निस्किँदैछन् ।
परदेश यात्रा सुरु गर्नुभन्दा अघि व्रतालुहरु आज बज्रयोगिनी देवीको मन्दिरमा गएर बिदा माग्नुपर्ने परम्परा रहेको स्थानीय संस्कृतकर्मी प्रकाश मान सक्वले बताउनु भयो ।
यसरी बिदा माग्न जानको लागि पुरुष व्रतालुहरु बाटोभरि सुतेर आफनो शरीरले जति ठाउँ ओगट्छ त्यसमा ढुङ्गाले चिनो लाउँदै कपडा पट्याए जस्तै गरेर बज्रयोगिनीदेवीको मन्दिर पुग्नु पर्ने चलन छ । मन्दिरमा पुगेपछि ढुङ्गा चढाएर परदेश यात्राको लागि बिदा माग्ने गरिन्छ ।
माधव नारायणले परदेश जानको लागि देवी स्वस्थानीसँग बिदा माग्नको लागि बज्रयोगिनी देवीको मन्दिरमा जाने जनविश्वास छ । परदेश यात्राको क्रममा भोलि पशुपतिको गौरीघाटमा व्रत बस्ने उहाँले बताउनु भयो ।
गएको माघ ३ गतेदेखि सुरु भएको साँखुको एक महिना लामो स्वस्थानी व्रत यसवर्ष १२५ जनाले लिएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।