दक्षिण अफ्रिकालाई हराउँदै भारतले जित्याे यू–१९ महिला टी–२० व...
माघ २०, २०८१ आइतबार
काठमाण्डाै – काेभिड १९ (कोरोना भाइरस) सङ्क्रमणका कारण स्थगित भएको लोक सेवा आयोगका परीक्षा फागुन ६ गतेदेखि सञ्चालन हुने भएका छन् ।
लोक सेवा आयोगले समय तालिका सार्वजनिक गर्दै उपसचिव वा त्यस सरह (अप्राविधिक र प्राविधि) तर्फ शाखा अधिकृत वा त्यस सरह प्राविधिक र स्वास्थ्य सेवातर्फ सातौँ, आठौँ र नबौँ तहको विभिन्न पदका लिखित परीक्षाहरू फागुन ६ गतेदेखि सञ्चालन हुने जनाएको हो । आयोगले स्थगित भएका सबै परीक्षा २०७९ सालको वैशाख १४ गतेसम्म सम्पन्न हुने उल्लेख गरेको छ ।
परीक्षा सरकारले तोकेको स्वास्थ्य मापदण्ड एवम् आयोगबाट स्वीकृत सङ्क्रमणको विशेष अवस्थामा परीक्षा सञ्चालन तथा व्यवस्थापन मापदण्ड २०७७ (संशोधनसहित) पालना गरी सञ्चालन हुने आयोगले जनाएको छ ।
कोरोना भाइरसको जोखिम र सङ्घीयता कार्यान्वयनमा गएसँगै समायोजनमा असन्तुष्ट रहेका कर्मचारीहरू कानुनी उपचारमा गएका कारण लोक सेवा आयोगको वार्षिक क्यालेन्डर नै प्रभावित भएको थियो । लोक सेवाका विभिन्न तहका झन्डै १५ सय पदका लागि गरिएको विज्ञापन प्रभावित भएको थियो ।
लोक सेवाको तालिका प्रभावित हुँदा पहिलेको परीक्षामा अन्तिम चरणसम्म पुगेकाहरू समेत त्यसको टुङ्गो नलाग्दा फेरि सुरुबाट तयारी थाल्नुपर्ने अवस्था बनेको थियो । अब भने कानुनी समस्या समाधान भएसँगै लोक सेवा आयोगले फेरि धमाधम नतिजा प्रकाशन गर्ने र परीक्षा सञ्चालनको मिति तोकेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।