सोलुखुम्बुमा भाइरल सङ्क्रमण, फाप्लु अस्पतालमा क्षमताभन्दा बढी बि...
चैत १, २०८१ शुक्रबार
काठमाडौं – सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले आजदेखि फेरि न्याय सम्पादन सुरु गर्नुभएको छ ।
प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि घर बिदामा बस्नुभएका जोशी नयाँ प्रधानन्यायाधीश नियुक्तिपछि सोमबारदेखि पुनः सर्वोच्चमा फर्किनुभएको थियो ।
प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले पहिलो र दोश्रो दिन अर्थात मंगलबार र बुधबार निकाल्नु भएको दैनिक पेशी सूचीमा जोशीलाई जिम्मेवारी दिनुभएको थिएन । तर बिहीबार जोशीको एकल इजलाश तीन वटा मुद्धा तोकिएको छ ।
जसमध्ये दुई वटा मुद्धाको सुनुवाइ भइसकेको र एक मुद्धामा सुनुवाइ भइरहेको सर्वोच्चका इजलाश अधिकृत सुभाषचन्द्र दाहालले बताउनुभयो ।
संसदीय सुनवाइ विशेष समितिले जोशीलाई प्रधानन्यायाधीशमा अस्वीकृत गरेपछि नयाँ प्रधानन्यायाधीश ओमप्रकाश मिश्र बन्नु भएको छ । प्रधानन्यायाधीशमा नियुक्त भएलगत्तै सर्वोच्चमा पदभार ग्रहण गर्न जाँदा मिश्रलाई जोशीले नै स्वागत गर्नुभएको थियो ।
प्रधानन्यायाधीशले अन्य न्यायाधीशहरुसँग छलफल गरी जोशीलाई आजबाट पेशी दिइएको सर्वोच्च प्रशासनले बताएको छ ।
संसदीय सुनुवाइ समितिबाट अस्वीकृत भएपछि जोशी गत साउन २० गतेदेखि बिदामा बस्नु भएको थियो । नयाँ प्रधानन्यायाधीशमा मिश्र नियुक्त भएसँगै जोशी न्यायाधीशकै रुपमा सर्वोच्च फर्कनु भएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Tabrej Ansari
Sept. 13, 2018, 8:09 p.m.I think It's good one... Mudda mamila (cases) xitto ta herna sakinxa... Auta case solve garna dherae din vanda pani saal/barsa (year) lagxa... Waha lae leyaeyo, ramrae garyo... Pura manxe lae ta haina, tra kamti maa kehi maanxe ko ta case xito solve hola ni... Congratulation you again Joshi Ji...
Gopal Basnet
Sept. 13, 2018, 2:11 p.m.I think it's good & our Government has to utilize their experience for the betterment.