वीरेन्द्रनगरमा कर्फ्यु हटाएर निषेधाज्ञा जारी, ५ जनाभन्दा बढी भेला हुन राेक

 फागुन १७, २०७८ मंगलबार १८:५३:३० | मुना हमाल
unn.prixa.net

फाइल फाेटाे

सुर्खेत – सुर्खेतकाे वीरेन्द्रनगरमा लगाइएकाे कर्फ्यु हटाएर अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ । 

एमसीसीको विराेधमा हिजाे साेमवार आह्वान गरिएको बन्दका क्रममा वीरेन्द्रनगर तनावग्रस्त बन्दै गएपछि हिजाे सवा ८ देखि आज मङ्गलवार बेलुकी ७ बजेसम्म कर्फ्यु जारी गरिएको थियो । अहिले ७ बजेदेखि अर्को आदेश नहुन्जेलसम्मका निषेधाज्ञा जारी गरिने प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताउनुभयो ।

उहाँले अप्रिय घटना नघटेको र शान्तिपूर्ण अवस्था रहेकाले कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरेको बताउनुभयो । एमसीसीकाे विराेधमा हिजाे प्रदर्शन भएका क्षेत्रहरूमा निषेधाज्ञा जारी गरिएको हो । 

प्रजिअ रिजालले मंगलगढी चोक, यरीचोक, हटिया लाइन क्षेत्रमा निषेधाज्ञा क्षेत्र तोकिएको जानकारी दिनुभयो । यी ठाउँमा पाँच जनाभन्दा बढी भेला हुन रोक लगाइएको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया