वीरेन्द्रनगरकाे निषेधाज्ञा भाेलि बिहान ६ बजेदेखि हट्ने

 फागुन १८, २०७८ बुधबार १९:१६:२५ | मुना हमाल
unn.prixa.net

फाइल फाेटाे

सुर्खेत – जिल्ला प्रशासन कार्यालय सुर्खेतले वीरेन्द्रनगरमा लगाइएकाे निषेधाज्ञा भाेलि बिहीवार बिहान ६ बजेदेखि लागू हुने गरी हटाएकाे छ । 

गएकाे मङ्गलवार बेलुकी ७ बजेदेखि वीरेन्द्रनगरका मंगलगढी चोक, एरिचोक, हटिया चोक, हटिया लाइन क्षेत्रमा निषेधाज्ञा लगाइएकाे थियो । शान्ति, सुरक्षाको स्थिति समान्य अवस्थामा आएकाले यी क्षेत्रमा लगाइएकाे निषेधाज्ञा भाेलि बिहान ६ बजेदेखि हटाइने प्रशासन कार्यालयले जनाएकाे छ ।

वीरेन्द्रनगरमा लगाइएकाे कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरिएको थियाे । गएकाे साेमवार एमसीसीको विराेधमा विभिन्न पार्टीले आह्वान गरेका बन्दका क्रममा वीरेन्द्रनगर तनावग्रस्त बन्दै गएपछि त्यही दिन बेलुकी राति सवा ८ बजेदेखि गएकाे मङ्गलवार बेलुकी ७ बजेसम्म कर्फ्यु लगाइएकाे थियाे । अवस्था सामान्य बन्दै गएपछि सुरक्षाका दृष्टिकोणले संवेदनशील क्षेत्रमा निषेधाज्ञा लगाइएकाे थियो । 

*यसअघि मिति अन्यथा भएकाेमा सच्याइएकाे

अन्तिम अपडेट: चैत १६, २०८०

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया