निर्मला हत्याकाण्ड  : सीआइबीका डीएसपीसहित पाँच प्रहरी निलम्बनमा

 भदौ ३१, २०७५ आइतबार ६:१:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानमा लापरबाही गर्ने ५ प्रहरी निलम्बनमा परेका छन् । सीआइबीका डीएसपी अंगुर जिसीसहित थप प्रहरीलाई गृह मन्त्रालयले निलम्बन गर्ने निर्णय गरेको हो ।

सहसचिव हरिप्रसाद मैनाली संयोजकत्वमा गठन भएको छानबिन समितिको प्रतिवेदनका आधारमा जिसीसहित डिएसपी ज्ञानबहादुर सेठी, इन्सपेक्टर एकेन्द्र खड्का र जगदिश भट्ट तथा असई रामसिंह धामीलाई निलम्बन गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ ।

पन्तको हत्यामा नक्कली अभियुक्त खडा गरेको पुष्टि भएपछि उनीहरुलाई निलम्बन गरी विभागीय कारबाहीको प्रक्रिया अघि बढाइएको हो । एसपी डिल्लीराज बिष्ट यसअघि नै निलम्बनमा परिसकेका छन् ।
 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया