बागमती प्रदेशले तीन वर्षदेखि साधारणसभा नगर्ने सहकारी संस्थाको...
फागुन २९, २०८१ बिहिबार
सुर्खेत – कर्णाली प्रदेश सरकारले कर्णालीमा प्रदेश स्वास्थ्य परामर्श समिति गठन गरेको छ । शनिबार साँझ बसको मन्त्रीपरिषद बैठकले डाक्टर भगवान कोइरालाको संयोजकत्वमा सात सदस्यीय स्वास्थ्य परामर्श समति गठन गरेको हो ।
सदस्यहरु डाक्टर अर्जुन कार्की, डाक्टर सेनेन्द्रराज उप्रेति, डाक्टर सुरेश तिवारी, डाक्टर डम्मर खड्का, डाक्टर मंगल रावल र डाक्टर तीर्थ थापा रहेका छन् ।
परामर्श समितिले कर्णाली प्रदेशको स्वास्थ्य स्थितिलाई सुधार गर्नका लागि आवश्यक सुझाव दिनेछ । ‘हामीले डाक्टर भगवान कोइरालाको संयोजकत्वमा यहाँको स्वास्थ्य क्षेत्र सुधार गर्न समिति गठन गरेका छाँै’ समाजिक विकास मन्त्री दल रावलले भन्नभन्नुभयो, ‘कर्णालीको स्वास्थ्य क्षेत्रमा योगदान गर्न उहाँहरु पनि भन्नुभएको छ ।
हामीले यहाँका नागरिकहरुलाई सहज रुपमा स्वास्थ्य सेवाको पहुँचमा पुर्याउने गरी परामर्श समितिसंग सल्लाह सुझाव लिएर काम गछौँ ।’ उहाँले कर्णाली प्रदेशमा शिक्षण अस्पताल र मेडिकल कलेज नभएकाले यसका लागि के गर्न सकिन्छ भनेर समितिले काम गर्ने बताउनभयो । मन्त्री रावलले मध्यपश्चिम क्षेत्रीय अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गर्ने पनि बताउनुभयो ।
यस्तै शनिबारको बैठकले कर्णाली प्रदेश समन्वय परिषद बैठक असोज १९ र २० गते आयोजना गर्ने निर्णय पनि गरेको छ । ।
बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई सार्वजनिक सेवा प्रशारण बिधेयकको मस्यौदालाई शैद्धान्तिक सहमति दिएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले पेश गरेको सार्वजनिक निर्माण र परामर्श सम्बन्धी काम संक्षिप्त कार्यविधि पनि मन्त्रीपरिषद बैठकले पारित गरेको छ ।
यस्तै मन्त्रीपरिषद बैठकले प्रदेशका स्वीकृत दरबन्दीका कर्मचारी छिट्टै खटाउन नेपाल सरकारलाई अनुरोध गरेको छ । तत्काल खटाउन नसक्ने अबस्थामा चालु आर्थिक वर्षको बजेट कार्यान्वयन गर्न आबश्यक प्राबिधिक कर्मचारी सेवा करारमा लिनका लागि अनुरोध गर्ने निर्णय पनि मन्त्रीपरिषदले गरको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।