बागमती प्रदेशले तीन वर्षदेखि साधारणसभा नगर्ने सहकारी संस्थाको...
फागुन २९, २०८१ बिहिबार
काठमाडौं – विपद न्युनीकरण तथा व्यवस्थापनमा सरकार र निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुनेमा सरोकारवालाहरुले जोड दिएका छन् । काठमाडौंमा शनिबार भएको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, पूर्वमन्त्री तथा पर्यटन उद्यमी याङकिला शेर्पा, होटल एसोसिएसन नेपालका महासचिव विनायक शाह र विपद विज्ञ अजयमणि दीक्षितले विपत न्यूनीकरणमा साझा प्रयास गर्नुपर्नेमा जोड दिनुभएको हो ।
मन्त्री अधिकारीले देशको अर्थ व्यवस्थामा पर्यटन क्षेत्रको योगदानको गणना गर्न सरकारले क्षेत्रगत लेखा प्रणाली तर्जुमा गरिरहेको, विमानस्थलमा पेट्रोल भण्डारण प्रणालीमा सुधारका लागि योजना बनिरहेको, निजी क्षेत्रमा विपद पीडितलाई दिइने क्षतिपूर्ति सम्बन्धी संयन्त्र बनाउने काम भइरहेको जानकारी दिनुभयो । यस्ता योजनामध्ये सरकार र निजी क्षेत्रको साझेदारीमा बनाउन लागिएको पर्यटनका लागि विपद व्यवस्थापन कोष समेत रहेको मन्त्री अधिकारीको भनाई थियो ।
विपद विज्ञ अजय दीक्षितले विपद व्यवस्थापनका लागि सरकार र निजी क्षेत्र दुबैलाई सहकार्य गर्न आह्वान गर्दै पर्यटन क्षेत्रको विकासका लागि विपद व्यवस्थापन योजनाको महत्व रहेको बताउनुभयो । सरकारले सहजकर्ताको भूमिका खेल्नु पर्ने उहाँको सुझाव थियो ।
नेपाल ट्रेकिङ एजेन्सी एसोसिएसनका अध्यक्ष चन्द्र रिजालले सरकार र नीजि क्षेत्रबीच सहकार्यको अभाव रहेको बताउनुभयो । पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले विपदको प्रकृति र पूर्व तयारीका लागि चालिनुपर्ने कदम सम्बन्धी सूचनामूलक पात्रो छपाइबारे अध्यावधिक जानकारी गराउनुभयो । जोशीले सूचना प्रवाहले विपदमा मानिसको ज्यान जोगाउन सक्ने भन्दै चितवनमा एसएमएस एलर्टले बाढीग्रस्त क्षेत्रमा देखाएको प्रभावको चर्चा गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।