इन्धनको मूल्य फेरि वृद्धि : खाना पकाउने ग्यास प्रतिसिलिन्डर २५ रुपैयाँले बढ्यो

 चैत २३, २०७८ बुधबार ७:६:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ ।

गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँले बढेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो सँगै अब पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६० रुपैयाँ पुगेको छ । त्यस्तै डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर एक सय ४३ रुपैयाँ पुगेको छ । खाना पकाउने ग्यास प्रतिसिलिन्डर १६ सय रुपैयाँ पुगेको छ ।

खाना पकाउने ग्यासको मूल्य यसअघि १५ सय ७५ रुपैयाँ रहेको थियो । आयल निगमले ठूलो घाटा बेहोर्नु परेको भन्दै स्वचालित मूल्य प्रणाली बनाउने तयारी गरेको छ । 
 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • Nava Bhujel

    April 10, 2022, 5:15 a.m.

    नेपाल आयल निगम चाहिदैन, जनतालाई महङ्गीमा चुर्लुम्म डुबाउन पाइदैन । निजि क्षेत्रलाई आयात गरेर सुफत मुल्यमा बेच्ने व्यवस्था मिला सरकार । हामीलाई धोक्रे,काम्चोर र महङ्गा निगमका कर्मचारी चाहिदैन । प्रेट्रोलियम पदार्थको सहज आपूर्तिमा ध्यान दे, सरकार ।

  •  0 Reply
  • Nabaraj bhandari

    April 6, 2022, 1:41 p.m.

    यस्तो किसिमले सरकार चलिरहदा जनताको आयस्थर कस्तो छ ? जनतालाई बाध्यतामा पारेर यसरी नोचोरिरहदा यसको असर कस्तो पर्ला ? बहुत दु:खद,यसरी मुल्यबृद्दी गरिरहदा सरकार कता छ ? नेताहरू कता छन ?जनताको माग के हो ? सोच्न जरुरी छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया