पश्चिमी वायुको सामान्य प्रभाव : कोशी र गण्डकी प्रदेशका पहाडी ए...
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने भएको छ । यही वैशाख ३० गते हुने पालिकाको चुनावका लागि आचारसंहिता लागू हुनुअघि कांग्रेसका दुई मन्त्री र एक राज्यमन्त्री प्रदेश सरकारमा सहभागी हुने भएका हुन् । आचारसहिंता आज शुक्रवार राति १२ बजेदेखि लागू हुँदैछ ।
कांग्रेसबाट संसदीय दलका नेता रणबहादुर रावल आन्तरिक मामिला र गोविन्द बोहोरा सामाजिक विकास मन्त्री हुने तयारी छ । टेकबहादुर रैका सामाजिक विकास राज्यमन्त्री बन्नु हुने भएको छ ।
कांग्रेसका मन्त्रीहरूका लागि एकीकृत समाजवादीका दुई मन्त्री र एक राज्यमन्त्री सरकारबाट हट्नेछन् । अहिले सरकारमा रहेका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीबाहेक अरू मन्त्री फेरिने एकीकृत समाजवादीले जनाएको छ । आन्तरिक मामिला मन्त्री पूर्णा जोशी, समाजिक विकास मन्त्री लालबहादुर खड्का र राज्मन्त्री मनाकुमारी साउद पनि फिर्ता हुनुहुनेछ ।
एकीकृत समाजवादीले आर्थिक मामिला मन्त्री तारा लामालाई फिर्ता बोलाएको छ । उहाँको ठाउँमा समाजवादीकै प्रकाश रावल जानुहुनेछ । राज्यमन्त्री जुनकुमारी चौधरीको ठाउँमा पनि नयाँ राज्यमन्त्री पठाइने भएको छ । समाजवादीका सुदूरपश्चिममा चार मन्त्री र तीन राज्य मन्त्री छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।