धरान उपमहानगरपालिकामा सत्ता गठबन्धन अगाडि

 जेठ १, २०७९ आइतबार ९:५६:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुनसरीको धरान उपमहानगरपालिकामा सत्ता गठबन्धनलाई अग्रता छ ।

ताजा मत परिणाम अनुसार गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर राईले एक हजार ५ सय ८७ मत ल्याउनु भएको छ । स्वतन्त्र उम्मेदवार हर्कराज राईले एक हजार एक सय ११ मत पाउनु भएको छ भने एमालेका उम्मेदवार मञ्जु भण्डारी सुवेदीले ९ सय ५१ मत पाउनु भएको छ ।

यस्तै, उपमेयरमा माओवादी केन्द्रका अइन्द्र बिक्रम बेघाले एक हजार सात सय २९, एमालेका उम्मेदवार पदमप्रसाद लिम्बुले एक हजार १७ र राप्रपाका उम्मेदवार पूर्णमाया राईले २ सय ५० मत ल्याउनु भएको छ ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया