नवलपरासी बौदीकालीको अध्यक्ष/उपाध्यक्षमा एमाले विजयी

 जेठ १, २०७९ आइतबार ११:५५:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नवलपरासीको (बर्दघाट सुस्ता पूर्व) बौदीकाली गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ ।

अध्यक्षमा एमालेका प्रकाश ओझा निर्वाचित हुनुभयो । उहाँले ३ हजार ९७६ र ओझाका प्रतिस्पर्धी नेपाली कांग्रेसका केवी रानाले ३ हजार ५ सय ४१ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा नेकपा एमालेकै डिलकुमारी केसी सारु निर्वाचित हुनुभएको छ । उहाँले ३ हजार ९६२ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेसकी धनकान्ती घिमिरेले ३ हजार ५०६ मत ल्याउनुभयो ।
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया