किसानलाई मल दिनु पहिलो प्राथमिकता : नवनियुक्त कृषि मन्त्री यादव

 असार २०, २०७९ सोमबार १९:११:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नवनियुक्त कृषि तथा पशुपक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवले किसानलाई मल दिनु आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभएको छ । 

आज सोमवार मन्त्रालयमा पुगेर पदबहाली गरेसँगै सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै मन्त्री यादवले किसानलाई मल दिनु आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभयो । उहाँले मलको अभाव भएको र किसानले मल नपाएको भन्दै आफ्नो पहिलो प्रयास किसानसमक्ष मल पुर्‍याउनुभएकाे सुनाउनुभयाे ।   

मन्त्री यादवले बाँकी काम मन्त्रालयको ब्रिफिङ सुनेसँगै तय गर्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘प्राथमिकता त सबैभन्दा पहिले किसानलाई मल दिनु हाे । मेरो प्रयास सकेसम्म सक्दो प्रयास गरेर किसानलाई मल पुर्‍याउने हुन्छ ।’

मन्त्री यादवले आज नै शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग पद तथा गोपनीयताको शपथ लिनुभएको थियो ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया