डाेटी : सेती नदीमा बेपत्ता भएका पुरुष अझै भेटिएनन्

 असार २३, २०७९ बिहिबार ९:३१:५२ | विमल बिष्ट
unn.prixa.net

प्रतिकात्मक तस्बिर

डोटी - डोटीको शिखर नगरपालिका–१० गहनानमा सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएका पुरुष अझै फेला परेका छैनन् । हिजाे दिउँसो डडेलधुराबाट मलामी आएका अमरगढी नगरपालिका–६ छचोडाका  अन्दाजी २७ वर्षीय वीरेन्द्र ताम्राकार सेती नदीमा बेपत्ता हुनुभएकाे थियाे । 

ताम्राकार नदीमा बगेको खबर पाएलगत्तै प्रहरी टोली परिचालन गरिए पनि अहिलेसम्म कहीँकतै पत्ता लाग्न नसकेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी भोला भट्टले बताउनुभयो।

वर्षातका कारण नदीमा पानीको बहाव बढेको र पानी धमिलो भएका कारण खोजी कार्यमा समस्या भएको उहाँले बताउनु भयाे । सेती नदीमा आफन्तको शव जलाउन आएका बेला उहाँसँगै अर्का विनोद ताम्राकार पनि नदीमा बग्नुभएकाे थियाे । 

विनोद ताम्राकार करिब २ सय मिटर तल बानीडुग्रीसैन नजिक घाइते अवस्थामा फेला पर्नुभएकाे थियाे । वीरेन्द्र भने अहिलेसम्म फेला नपर्नु भएकाे जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया