रुसले कब्जा गरेको दक्षिणी क्षेत्र छिटै आफ्नाे नियन्त्रणमा आउने युक्रेनको दाबी

 असार २७, २०७९ सोमबार १८:५५:१२ | एजेन्सी
unn.prixa.net

युक्रेनले रुसले कब्जा गरेको दक्षिणी क्षेत्र छिटै आफ्नाे नियन्त्रणमा आउने दाबी गरेको छ । युक्रेनका रक्षामन्त्री ओलेक्सी रेजिन्कोभले नेटोले प्रदान गर्ने हतियारले सेनालाई थप बलियो बनाउने र दक्षिण क्षेत्र फिर्ता लिने बताउनुभएको बीबीसीले जनाएको छ । 

ब्ल्याक सी वरपरका सामुद्रिक तट र बन्दरगाहहरू युक्रेनका लागि निकै महत्त्वपूर्ण रहेकाले अत्याधुनिक हतियारसहितका लाखौँ सेना तयार बनाएर गुमेका भू–भाग फेरि फिर्ता ल्याउने रक्षामन्त्रीले दाबी गर्नुभएको छ ।

बेलायतले दिएका सोभियत युगका हतियारका कारण बलियोसँग लड्न सफल भइरहेको र नेटो देशबाट प्राप्त हुने अत्याधुनिक हतियारबाट थप सहयोग पुग्ने युक्रेनको अपेक्षा रहेको छ । 

युक्रेनी सैनिक, नागरिक र सार्वभौमसत्ता जोगाउनका लागि युरोपेली देश र अमेरिकाबाट तत्कालै ठूलो आर्थिक र हतियारको सहयोग चाहिएको युक्रेनी रक्षामन्त्रीको भनाइ छ । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया