चीनले अमेरिकी सभामुख पेलाेसीमाथि प्रतिबन्ध घाेषणा गर्‍याे

 साउन २०, २०७९ शुक्रबार १६:६:७ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

चीनले अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलाेसीमाथि प्रतिबन्ध घाेषणा गरेकाे छ । पेलाेसीले ताइवान भ्रमण गरेर आफ्नाे आन्तरिक मामिलामा हस्तक्षेप गरेकाे भन्दै चीनले पेलाेसी र उहाँकाे परिवारमाथि प्रतिबन्ध घाेषणा गरेकाे हाे । 

केही दिनअघि मात्रै पेलाेसीले ताइवान भ्रमण गरेपछि चीन रिसाएकाे छ र ताइवान नजिककाे क्षेत्रमा लगातार सैन्य अभ्यास गरिरहेकाे छ । 

चीनका विदेशमन्त्री वाङ्ग यीले एक विज्ञप्ति निकालेर भन्नुभएकाे छ, ‘पेलाेसीले चीनकाे आन्तरिक मामिला गम्भीर हस्तक्षेप गरेकी छिन् र चीनकाे सम्प्रभुता र क्षेत्रीय अखण्डतालाई क्षति पुर्‍याएकी छिन् । चीनकाे एक चीन नीतिलाई कुल्चिने प्रयास गरेकी छिन् र ताइवानकाे क्षेत्रमा शान्ति र स्थिरतामा नाेक्सान पुगेकाे छ ।’ 

चीन ताइवानलाई आफ्नाे क्षेत्र मान्छ र ताइपेईलाई बेइजिङमा मिलाउन चाहन्छ । 

यसैबीच न्यान्सी पेलाेसी शुक्रवार आफ्नाे एसियाली देश भ्रमण अन्तर्गत जापान पुग्नुभएकाे छ । त्यहाँ पत्रकार सम्मेलनमा बाेल्दै उहाँले आफ्नाे ताइवान भ्रमण यथास्थितिलाई परिवर्तन गर्नु नभएकाे बताउनुभएकाे छ । अमेरिकाले कहिल्यै पनि ताइवानलाई अलग हुने नदिने उहाँकाे भनाइ थियाे । 

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया