भारतको आपत्तिकै बीच चीनको पानीजहाज श्रीलङ्काको हम्बनटोटा बन्दरगाह पुग्यो

 साउन ३१, २०७९ मंगलबार १८:१:४६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

चीनले अनुसन्धानमा प्रयोग गर्ने एउटा जहाज भारतको आपत्तिकै बीच श्रीलङ्काको हम्बानटोटा बन्दरगाहमा पुगेको छ । अनुसन्धानका लागि अत्याधुनिक उपकरणहरू जोडिएको जहाज जासुसका लागि प्रयोग हुनसक्ने भन्दै भारतले आपत्ति जनाएको थियो । तर भारतीय विरोध बाबजुद जहाज श्रीलङ्का पुगेको हो । 

युवान वाङ ५ नामको जहाजलाई श्रीलङ्काको पानीमा कुनै पनि अनुसन्धानको काम नगर्ने सर्तमा बन्दरगाहमा पार्क गर्ने अनुमति मात्रै दिइएको बन्दरगाहका अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । जहाज बन्दरगाहमा अगस्ट २२ तारिखसम्म रहने जानकारी दिएको छ । हम्बानटोटा बन्दरगाह चीनले नै सञ्चालन गरिरहेको छ ।

अहिले श्रीलङ्कामा रहेको युवान वाङ ५ नामको जहाज चीनको पछिल्लो पुस्ताको अन्तरिक्ष ट्र्याकिङ जहाजहरूमध्ये एक रहेको रोयटर्सले जनाएको छ । यसलाई उपग्रह, रकेट र अन्तरमहाद्वीपीय क्षेप्यास्त्र प्रक्षेपणहरूको निगरानी गर्न प्रयोग गरिन्छ । भारतीय सञ्चारमाध्यमहरूले यसलाई दोहोरो प्रयोगको जासुस जहाज भन्दै अनुसन्धान र सर्वेक्षण पोत भनेका छन् । 

पछिल्लो समय अर्थतन्त्र टाट पल्टिएर समस्यामा परेको श्रीलङ्कालाई सहयोग पठाउनेमा सबैभन्दा अगाडि रहेको भारत यो घटनाबाट चिढिन सक्ने भारतीय सञ्चारमाध्यमले विश्लेषण गरेका छन् । जुलाई महिनाको सुरुमा भारतीय विदेश मन्त्रालयका प्रवक्ताले जहाजको सुक्ष्म अनुगमन गरिरहेको भन्दै श्रीलङ्काको क्षेत्रमा जानेबारे मौखिम विरोध गर्नुभएको थियो । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया