वेस्ट इन्डिजलाई आउँदो वर्षको एकदिवसीय विश्व कपमा सिधै छनोट हुन कठिन

 भदौ ७, २०७९ मंगलबार १७:३१:४६ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – वेस्ट इन्जिडलाई आउँदो वर्ष हुने एकदिवसीय विश्व कपमा सिधै छनोट हुनका लागि धक्का पुगेको छ । न्युजिल्यान्डसँगको तेस्रो एकदिवसीय क्रिकेटमा ढिलो ओभरका कारण वेस्ट इन्डिजको दुई अङ्क घटेपछि आउँदो एकदिवसीय विश्व कपमा सिधै छनोट हुने सम्भावना कम हुँदै गएको छ ।

दुई अङ्क कटौती भएपछि वेस्ट इन्डिजको २४ खेलमा ८८ अङ्क भएको छ र रनरेट माइनस शून्य दशमलव ७३७ मा झरेको छ । वेस्ट इन्डिज सुपर लिगको सातौँ स्थानमा छ । आयोजक भारतसहित शीर्ष आठ स्थानमा रहने टोली विश्व कपका लागि सिधै छनोट हुनेछन् ।

अस्ट्रेलिया, दक्षिण अफ्रिका, श्रीलङ्कालगायतका देश वेस्ट इन्डिजभन्दा पछाडि रहेका छन् तर उनीहरूले निकै कम खेल खेलेकाले बाँकी खेलबाट अङ्क बटुल्न सक्नेछन् । अहिले नवौँ स्थानमा रहेको आयरल्यान्डले अर्को वर्ष बङ्गलादेशसँग तीन खेलको शृङ्खला खेल्दैछ, शृङ्खलाका दुई वटा खेल जितेमा आयरल्यान्डले वेस्ट इन्डिजलाई पछि पार्नेछ ।

एकदिवसीय क्रिकेटमा शीर्ष आठ टोली सिधै छानिने छन् भने बाँकी पाँच टोलीले क्वालिफायर खेल्नेछन् । क्वालिफायरकाे फाइनल पुग्ने दुई टोली विश्व कपमा पुग्नेछन् ।

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया