रुसले युरोप जाने मुख्य ग्यास पाइपलाइन बन्द गर्‍याे

 भदौ १५, २०७९ बुधबार १४:५२:५४ | एजेन्सी
unn.prixa.net

तस्बिर : राेयटर्स

रुसले मुख्य पाइपलाइनबाट युरोपमा हुँदै आएको ग्यास आपूर्ति रोकेको छ । रुसी सरकारको स्वामित्वमा रहेको ऊर्जा कम्पनी गाजप्रोमले मर्मत/सम्भारका लागि भन्दै नर्ड स्ट्रिम १ पाइपलाइन मार्फत हुने आपूर्ति तीन दिनका लागि रोकेको रोयटर्सले जनाएको छ । 

नर्ड स्ट्रिम पाइप लाइन सेन्ट पिटर्सबर्ग नजिकैको रुसी तटबाट उत्तर–पूर्वी जर्मनीसम्म बाल्टिक सागरमुनि १२ सय किलोमिटर फैलिएको छ । सन् २०११ मा खुलेको यो पाइपलाइनमा रुसबाट जर्मनीमा दैनिक एक सय ७० मिलियन क्युबिक मिटर ग्यास आपूर्ति हुन्छ । रुसले पाइपलाइनमा प्राविधिक समस्या आएको भन्दै अहिले २० प्रतिशत क्षमतामा सञ्चालन गरिरहेको छ । 

पश्चिमा देशले युक्रेनमाथिको आक्रमणपछि आफूमाथि प्रतिबन्ध लगाउने देशहरूलाई सजाय दिन रुसले ग्यास आपूर्ति रोकेको आरोप लगाएका छन् । तर रुसले भने आरोप अस्वीकार गर्दै प्राविधिक मर्मतका कारण आपूर्ति रोकेको प्रतिक्रिया दिएको छ । तीन दिनका लागि मुख्य पाइपलाइन मार्फत आपूर्ति रोक्नु ग्यासको मूल्य बढाउन खोज्नु रहेकाे भन्दै युरोपेली देशले चिन्ता व्यक्त गरेका रोयटर्सले जनाएको छ । 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया