अर्मेनिया र अजरबैजानबीचकाे झडपमा झण्डै एक सय सैनिकको ज्यान गयो

 भदौ २९, २०७९ बुधबार १०:४४:२२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अर्मेनिया र अजरबैजानबीचको सीमा विवाद फेरि बल्झिएको छ । सीमा विवादका कारण भएको पछिल्लो झडपमा दुई देशका गरी झण्डै एक सय सैनिकले ज्यान गुमाएका बीबीसीले जनाएको छ ।

अर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानले सोमवार राति भएको झडपमा आफ्ना ४९ सैनिकको ज्यान गएको पुष्टि गर्नुभएको छ । त्यस्तै अजरबैजानको रक्षा मन्त्रालयले आफ्ना ५० सैनिकले ज्यान गुमाएको जानकारी दिएको छ । यी दुई देशबीच दुई वर्षपछि सीमा विवाद बल्झिएको हो ।

अजरबैजानका सेना आफ्नो सीमामा प्रवेश गरेपछि प्रतिकार गर्दा घटना भएको अर्मेनियाको दाबी छ । नागोरनो कोराबाख इलाकालाई लिएर बेलाबेला अर्मेनिया र अजरबैजानका सेनाबीच झडप हुँदै आएको छ । यो इलाकालाई अजरबैजानले आफ्नो दाबी गर्दै आएको छ ।

सन् १९९१ को अन्त्यमा सोभियत सङ्घको विघटन हुनुअघि यी दुई देश सोभियत सङ्घको हिस्साका रुपमा थिए ।
 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया