सन् २०२२ का बाँकी महिनामा नौ लाख भन्दा धेरै पर्यटक भित्र्याउने श्रीलङ्काको योजना

 असोज २१, २०७९ शुक्रबार ८:५९:८ | एजेन्सी
unn.prixa.net

श्रीलङ्का सरकारले यस वर्षको अन्त्यसम्ममा नौ लाखभन्दा धेरै पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।

श्रीलङ्काको पर्यटन विकास प्राधिकरण (एसएलटीडीए) ले देशको आर्थिक र राजनीतिक अस्थिरतापछि सामान्य अवस्थामा फर्काउने दिशामा काम गरिरहेको बताएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । 

प्राधिकरण प्रमुख प्रियन्था फर्नान्डोले सन् २०२२ को अन्त्यसम्ममा श्रीलङ्काले कम्तीमा नौ लाख ७२ हजार पर्यटक भित्र्याउने लक्ष्य राखेको जानकारी दिनुभयो ।

सरकार र मातहतका निकायले सार्वजनिक तथा निजी सहकार्यलाई जोड दिँदै वर्षको बाँकी महिनामा विदेशी पर्यटकको चाप बढाउने प्रयास भइरहेको उहाँको भनाइ छ । सेप्टेम्बरमा झण्डै ३० हजार मात्रै विदेशी पर्यटक पुगेका छन् ।

राजनीतिक र आर्थिक सङ्कटबाट प्रभावित श्रीलंकामा पर्यटन क्षेत्रमासमेत ठूलो प्रभाव परेको छ । पर्यटन क्षेत्र श्रीलङ्काको प्रमुख विदेशी मुद्रा आर्जन गर्ने स्रोत हो । तर कोभिड महामारीपछि पर्यटनमा प्रभाव परेको थियो ।
 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया