दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा हुने

 कात्तिक ३, २०७९ बिहिबार १०:१६:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – दशौं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा हुने भएको छ । दशौं संस्करणको राष्ट्रिय खेलकुद २०८१ सालको मंसिरमा हुने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।

नेपाली खेलकुदको कुम्भमेला नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आज समापन हुँदैछ । गण्डकी प्रदेशको राजधानी पोखरा रंगशालामा आज विशेष समारोहकाबीच नवौं राष्ट्रिय खेलकुदको समापन गरिदैछ ।

‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराको साथ आयोजना भएको प्रतियोगिताको समापनमा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने कार्यक्रम छ । समापनमा दशौं संस्करणको राष्ट्रिय खेलकुद आयोजक कर्णाली प्रदेशलाई झण्डा हस्तान्तरण गरिनेछ ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टोली नेपाल आर्मी क्लबले १ सय ५० स्वर्ण पदकसहित ३ सय १४ पदक जितेको छ । उसले १ सय ५० स्वर्ण, ९४ रजत र ७० कास्यसहित अग्रता कायमै राखेको छ ।

दोस्रोमा रहेको नेपाल पुलिस क्लबले ५२ स्वर्ण, ४७ रजत र ५९ कास्यगरी १ सय ५८ पदक तथा तेस्रोमा रहेको एपीएफले ४२ स्वर्ण, ५७ रजत र ७७ कास्य गरी १ सय ७६ पदक जितेको  छ ।

यस्तै गण्डकी प्रदेशले २९ स्वर्णसहित १ सय ६ पदक, वाग्मतीले २२ स्वर्णसहित १ सय २३, एनआरएनएले १० स्वर्णसहित २४, प्रदेश एकले ९ स्वर्णसहित ७५, सुदूरपश्चिमले ८ स्वर्णसहित ४७, मधेस प्रदेशले ५ स्वर्णसहित ३४, लुम्बिनीले ४ स्वर्णसहित ५९ र कर्णाली प्रदेशले २ स्वर्णसहित १६ वटा पदक जितेका राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया