इंग्लिस प्रिमियर लिगमा न्युक्यासलले टोटेनहमलाई हरायो

 कात्तिक ७, २०७९ सोमबार ६:२७:३० | एजेन्सी
unn.prixa.net

इंग्लिस प्रिमियर लिग फुटबलमा न्युक्यासल युनाईटेडले टोटेनहम हट्सपरलाई २–१ गोल अन्तरले हराएको छ ।

न्युक्यासलका लागि पहिलो हाफमा क्यालम विल्सन र मिगुएल अल्मिरोनले एक–एक गोल गरे । टोटनहमका लागि दोस्रो हाफमा ह्यारी केनले गोल गरे ।

गएराति घरेलु टोली टोटेनहमलाई हराएसँगै न्युक्यासल तालिकाको चाैँथो स्थानमा उक्लिएको छ । उसले १२ खेलबाट २१ अंक जोडेको छ । टोटेनहम २३ अंक सहित तालिकाको तेस्रो स्थानमा यथावत छ ।

यस्तै गएराति नै भएको अर्को खेलमा लिग लिडर आर्सनल बराबरीमा रोकिएको छ । आर्सनलले साउथह्याम्टनसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । आर्सनलका लागि ग्रेनाइट जाका र साउथह्याम्टनका लागि स्टुअर्ट आर्मस्ट्रागले गोल गरे ।

तालिकाको पुछारमा रहेको टोलीसँग बराबरी खेल्दै लिग लिडर आर्सनलले अंक गुमाएको छ ।

यस्तै गएराति नै भएको अर्को खेलमा एस्टन भिल्लाले ब्रेन्टफोर्डलाई ४–० गोल अन्तरले हरायो भने लेस्टर सिटीले उल्भ्सलाई उसैको मैदानमा ४–० ले पराजित गर्यो ।  
 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया