युक्रेनलाई निरन्तर सहयोग र समर्थन रहने बेलायतका प्रधानमन्त्री सुनकको प्रतिबद्धता

 कात्तिक १०, २०७९ बिहिबार १२:५२:३५ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

बेलायतका नवनियुक्त प्रधानमन्त्री ऋषि सुनकले युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग टेलिफोन वार्ता गर्नुभएको छ ।

फोन वार्तामा दुई देशबीचको सम्बन्ध तथा आउँदा दिनमा सहयोग निरन्तरताबारे कुराकानी भएको छ । प्रधानमन्त्री सुनकले युक्रेनी नागरिकप्रति बेलायतको ऐक्यबद्धता एवम् समर्थन निरन्तर रहने बताएका समाचार संस्था एएनआईले जनाएको छ । 

बेलायतका प्रधानमन्त्री सुनकले युक्रेनी राष्ट्रपति र नागरिकप्रति निरन्तर साथ, सहयोग र समर्थन रहने प्रतिबद्धता व्यक्त गर्नुभएको खबरमा उल्लेख छ ।

कुराकानीका क्रममा प्रधानमन्त्री सुनकले युक्रेनको स्वतन्त्रताको पक्षधर बेलायत किएभको असल मित्र देश रहेको र अबको युक्रेन पुनर्निर्माणमा सहयोग गर्न प्रतिबद्ध रहेको समेत बताउनुभएको छ ।

पश्चिमा देशले युद्धबाट तहसनहस भएको युक्रेनको पुनर्निर्माणको योजना बनाइरहेका छन् । रुसले गएको फेब्रुअरीदेखि युक्रेनमा आक्रमण थालेपछि मानवीय तथा भौतिक क्षति भएको छ ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया