पूर्व मन्त्री पदम राईको निधन
मंसिर ९, २०८१ आइतबार
बङ्गलादेश सरकारले बिजुली अभावका कारण यसअघि गरिएको परिवर्तनपछि सोमवार फेरि नोभेम्बरदेखि लागू हुने गरी कार्यालय समय परिवर्तन गरेको छ ।
प्रधानमन्त्री शेख हसिनाको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले याे निर्णय गरेको मन्त्रिपरिषद्का सचिव खण्डकर अनवारुल इस्लामले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि सरकारी कार्यालय र स्वायत्त संस्था बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म चलाउँदै आइएकाे थियो तर यसमा परिवर्तन गरी बिहान ९ बजेदेखि दिउँसाे ४ बजेसम्म कार्यालय समय तोकिएको छ ।
अधिकारीका अनुसार नयाँ कार्यतालिका नोभेम्बर १५ देखि लागू हुनेछ ।
सर्वोच्च अदालत, बङ्गलादेश बैंक र विद्यालय तथा कलेज प्रशासनले आ–आफ्नो कार्यतालिका तय गर्नसक्ने उहाँले बताउनुभयो ।
इन्धन अभावको सामना गरिरहेको बङ्गलादेशले बिजुली बचत गर्न र ट्राफिक जाम कम गर्न गएकाे अगस्टमा सरकारी कार्यालयको समय एक घण्टा घटाएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।