समानुपातिकमा एमालेले २६ लाख र सिके राउतको पार्टीले तीन लाख मत कटाए

 मंसिर १३, २०७९ मंगलबार ११:५०:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रतिनिधि सभा समानुपातिकतर्फ नेकपा एमालेले २६ लाख र डा. चन्द्रकान्त राउत (सिके) अध्यक्ष रहेको जनमत पार्टीले तीन लाख मत कटाएको छ ।

निर्वाचन आयोगको आज बिहान साढे ११ बजेको विवरण अनुसार ९६ लाख ७० हजार ८८३ मत गणना हुँदा एमालेले समानुपातिकमा २६ लाख ७ हजार ४ सय ७२ मत प्राप्त गरेको छ । यस्तै, दोस्रोमा रहेको नेपाली कांग्रेसले २४ लाख ७० हजार २३४ मत ल्याउँदा माओवादी केन्द्र ११ लाख ९ हजार ७७९ मतसहित तेस्रोमा रहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७९ हजार ७७९ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ५४ हजार ७५७ मत प्राप्त गरेको छ । यस्तै, जनता समाजवादी पार्टीले ३ लाख ६७ हजार ७७३ र जनमत पार्टीको ३ लाख १६ हजार ६५३ रहेको छ ।

नेकपा (एकीकृत समाजवादी) को २ लाख ६८ हजार ४७९ मत रहेको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रिय दल बन्न सदर मतको कम्तीमा तीन प्रतिशत र पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ एक सीट जित्नुपर्ने प्रावधान छ । गणना भएको मत हेर्दा प्रमुख तीन दल एमाले, कांग्रेस र माओवादी केन्द्रसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले तीन प्रतिशत मत पाउने देखिएको छ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया