ईयूमा आबद्ध देशभित्रका हवाई यात्रुले उडिरहेकाे विमानमा पनि माेबाइल फाेन प्रयाेग गर्न पाउने

 मंसिर १८, २०७९ आइतबार २०:३०:२ | एजेन्सी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

युरोपेली सङ्घमा आबद्ध देशभित्रका हवाई यात्रुले उडिरहेको विमानभित्र पनि मोबाइल फोन प्रयोग गर्न पाउने भएका छन् । उडिरहेको जहाजमा पनि कम गतिको मोबाइल डेटासहित 'फाइभ जी' प्रविधि विमान सञ्चालकहरूले उपलब्ध गराउन सक्ने युरोपेली आयोगले जनाएको छ ।

याे निर्णयपछि विमानका यात्रुले अब आफ्नो मोबाइललाई 'फ्लाइट मोड' मा राखिरहन पर्दैन । यद्यपि यसको कार्यान्वयन कसरी हुन्छ भन्ने अझै स्पष्ट नरहेको बीबीसीले जनाएको छ ।

युरोपेली सङ्घका सदस्य देशहरूलाई विमानका लागि फाइभ जी फ्रिक्वेन्सी उपलब्ध गराउन आउँदो वर्षको जुन ३० सम्मको समय दिइएको छ । सम्पूर्ण प्रविधि तयार भएपछि यात्रुले उडिरहेको विमानबाट पनि फोन गर्न र मोबाइल डेटाबाट गीत, सङ्गीत सुन्न र भिडिओ पनि हेर्न सक्नेछन् ।

अमेरिकामा फाइभ जी फ्रिक्वेन्सीले विमानकाे उचाइ मापानमा समस्या हुने, उडानहरू प्रभावित गर्न सक्ने चिन्ता व्यक्त भए पनि युरोपेली सङ्घका देशमा यसले कुनै समस्या नहुने बीबीसीमा उल्लेख छ ।

 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया