दोलखामा एमालेका शिवाकोटीलाई पछि पार्दै फेरि माओवादीका कार्की अगाडि

 मंसिर १९, २०७९ सोमबार ८:५:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रतिनिधि सभातर्फ नतिजा आउन बाँकी दोलखाको मतगणना रोचक बन्दै गएको छ ।

सत्ता गठबन्धनका तर्फबाट माओवादीका गंगा कार्की र एमालेका बालकृष्ण शिवाकोटीबीच कडा प्रतिस्पर्धा छ ।

हिजो बिहानसम्म शिवाकोटीले अग्रता लिनुभएकोमा दिउँसोदेखि कार्कीले अग्रता लिनुभएको थियो । आज बिहान फेरि एमालेका शिवाकोटीले अग्रता लिनुभएको थियो । तर, फेरि अहिले माओवादीका कार्कीले अग्रता लिनु भएको छ ।

पछिल्लो मतपरिणामअनुसार कार्कीले ३५ हजार ७ सय ९० मत पाउनु भएको छ ।  शिवाकोटीको ३४ हजार ५ सय ९५ मत छ । उहाँहरुबीच १ हजार १ सय ९५ मतान्तर रहेको छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया