अयोग्य लडाकुको राहतका लागि सरकारले प्रारम्भिक प्रक्रिया अघि बढ...
चैत ८, २०७९ बुधबार
धनुषा – भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिरमा स्थापना गरिने मूर्ति बनाउनका लागि म्याग्दीको बेनीमा रहेकाे कालीगण्डकी नदीको किनारमा रहेको शिलालाई जनकपुरधाम पुर्याइएकाे छ ।
आज आइतवार देवशिलालाई देवी सीताको जन्मस्थल जानकी मन्दिर परिसरमा लगेर पूजा गरिएको हो । यसअघि म्याग्दीको गलेश्वरधामलगायतका धार्मिक ठाउँहरूमा लगेर पूजा, अर्चना गरिएको थियो । देवशिलालाई जनकपुरमा पूजा गरिसकेपछि अयोध्याका पुर्याउने गरी बिदाइ गरिने जानकी मन्दिरका पुरोहितले बताउनुभयो ।
भारत पठाउनका लागि पाँच वटा शिला पहिचान गरिएकोमा दुई वटा शिला पठाउन लागिएको हो । भारत पठाउनुअघि परीक्षण गरिएका ती शिला २६ टन र १४ टन तौलका छन् । भारत पठाउन लागिएका शिलाहरूको पूजा, आराधनाका लागि यति बेला जनकपुरधाममा भक्तजनको भिड रहेको छ । नेपालबाट शिला भारत लग्न लागेकाले आफूहरू खुसी भएको जनकपुरधामवासी बताउँछन् । यसले नेपाल र
भारतबिचको सांस्कृतिक सम्बन्धलाई थप बलियाे बनाउने उनीहरूको विश्वास छ ।
शिला आउँदाे बुधवारसम्म राम जन्मभूमिको ट्रस्टलाई जिम्मा लगाउने तयारी छ ।