विदेशी ब्रान्डको नक्कली रक्सीसहित ३ जना पक्राउ

 माघ १५, २०७९ आइतबार १६:३०:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिकाबाट ठूलो परिणाममा विदेशी ब्रान्डकाे नक्कली रक्सीसहित तीन जनालाई पक्राउ गरेको छ । विभिन्न ब्रान्डका नक्कली रक्सीको कारोबार बढेको सूचनाका आधारमा अनुसन्धान गर्दा महालक्ष्मी नगरपालिकाको टीकाथली क्षेत्रबाट नक्कली रक्सीसहित तीन जनालाई पक्राउ गरेको काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवम् वरिष्ठ प्रहरी उपरीक्षक (एसपी) डा. मनोज केसीले जानकारी दिनुभयो ।

पक्राउ पर्नेहरूमा दोलखा स्थायी घर भएका निरोज उप्रेती, स्याङ्जाका धर्मी पौडेल र सिन्धुली स्थायी घर भएका गणेशबहादुर रानामगर रहेका छन् । उनीहरूले नक्कली रक्सी बनाइ विभिन्न स्टोरहरूमार्फत प्रचलित दरभाउभन्दा कम मूल्यमा बेच्ने गरेको पाइएको प्रहरीले जनाएको छ । उनीहरूले रक्सी बनाउने उद्योग नै खोलेर नक्कली रक्सी नाम चलेका नेपाली तथा विदेशी ब्रान्डका रक्सीकै बोतलमा बिक्री गर्ने गरेको पाइएको एसपी केसीले बताउनुभयो ।

प्रहरीले नक्कली गोल्डेन वाक छ बोतल, ८८४८ भोडका ४८ बोतल, मुगलान चार सय २० बोतल, २०२० एफल ३० बोतल, खुकुरी राम ९२ बोतल र रुस्लान भोडका एक सय ३२ बोतल, डबल ब्ल्याक, रेड लेबलका बोतल बरामद गरेको हाे ।

पक्राउ परेकाहरूलाई कालोबजारी ऐनअनुसारको कारबाही र भन्सार छलीको मुद्दा हालेर कारबाही गर्ने केसीले बताउनुभयो ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया