काठमाण्डाैका मेयर शाहविरुद्ध प्रदर्शन

 माघ १५, २०७९ आइतबार १६:५१:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – उपत्यकाव्यापी सडक विस्तार पीडित सङ्घर्ष समितिले काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहविरुद्ध प्रदर्शन गरेको छ ।

मेयर शाहले गैरकानुनी ढङ्गले महानगरपालिकाभित्र डोजर आतङ्क फैलाएकाे भन्दै उपत्यकाव्यापी सडक विस्तार पीडित सङ्घर्ष समिति काठमाण्डाैले आज आइतवार दिउँसाे माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा समितिले जनप्रतिनिधि भएर नागरिकलाई दुःख दिने काम नगर्न मेयर शाहलाई चेतावनीसमेत दिएकाे छ । 

मेयर शाहले नागरिकको सम्पत्तिको अधिकारमाथि समेत हनन हुने गरी डोजर आतङ्क फैलाएकाले खबरदारी गर्न आफूहरू प्रदर्शनमा आउनुपरेको नागरिक अगुवा सुमन सायमीले बताउनुभयो । मेयर शाहले नागरिकलाई दुःख दिने काम गरिरहे सह्य नहुने उहाँले चेतावनी दिनुभयो ।

प्रदर्शनकारीहरूले संविधानले व्यवस्था गरेको भूमिको अधिकार, व्यक्तिगत सम्पत्तिको अधिकार हनन गरेर मेयर शाहले ज्यादती गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनीहरूले विनासूचना, विनाप्रमाण सडक विस्तारको नाममा सूचनासमेत नदिइ व्यक्तिगत सम्पत्तिमाथि डोजर चलाउने काम तत्काल बन्द गर्न पनि काठमाण्डाै महानगरपालिकालाई सचेत गराएका छन् ।

महानगरले गैरकानुनी ढङ्गले व्यक्तिको सम्पत्तिमाथि डोजर चलाउने काम गरेकाे भन्दै स्थानीयले विरोध प्रदर्शन गर्दै आएका छन् ।

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया