सिन्धुलीको रानीबासमा जङ्गली हात्तीको त्रास, चार वटा घरमा क्षति

 माघ २०, २०७९ शुक्रबार ७:३४:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

सिन्धुली – सिन्धुलीको कमलामाई नगरपालिका १४ तल्लो रानीबासमा जङ्गली हात्तीको त्रास बढेको छ । हात्तीले पछिल्लो दुई दिनमा चार वटा घरमा क्षति पुर्‍याएको छ । हात्तीले स्थानीय आइते माझी, सन्तबहादुर माझी, सन्तोष न्यौपाने र गोविन्द खड्काको घरमा क्षति पुर्‍याएको हो ।

जङ्गली हात्ती गाउँमा पसेर घर भत्काउने र घरभित्र रहेको अन्न पनि नष्ट गरेको पीडितको गुनासो छ । हात्तीले घरभित्रै पसेर धान, चामल, मकै जे भेट्यो त्यही खाने गरेको छ । हात्तीको आतङ्कले गर्दा खेतबारीमा खेती लगाउन छोडेपछि अहिले गाउँघरमै आएर दुःख दिन थालेको उनीहरूको भनाइ छ । हात्ती कति बेला आउने हो र घर भत्काउने हो भन्ने त्रासले रातभर सुत्न नपाएको स्थानीय ज्ञानेन्द्रराज खड्काले बताउनुभयो ।

कमलामाई नगरपालिकाका मेयर उपेन्द्रकुमार पोख्रेलले हात्तीले क्षति पुर्‍याएकाे क्षेत्रमा अनुगमन गरिएको र बस्ती नै विस्थापित हुने अवस्था आएकाले तत्कालका लागि राहतको व्यवस्था गरिएको जानकारी दिनुभयो । हात्तीलाई बस्तीमा प्रवेश गर्न रोक्नका लागि पहल भइरहेको पनि उहाँको भनाइ छ ।

जङ्गली हात्ती दिनको समयमा लुक्ने र राति गाउँमा पसेर घरमा क्षति पुर्‍याउने गरेको छ ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया