अर्थ मन्त्री महतलाई शेयर बजारको रातो झण्डा, २० अङ्कले घटेर १९ ...
चैत १९, २०७९ आइतबार
काठमाण्डौ – काठमाण्डौको मीन भवन क्याम्पसमा नेपाली कांग्रेसको प्रमुख भातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) का दुई पक्षबीच ढुङ्गा हानाहान भएको छ ।
त्रिभुवन विश्वविद्यालयले आउँदो चैत ५ गतेका लागि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव मिति घोषणा गरेसँगै कांग्रेस निकट नेविसङ्घबीच विवाद बढेको हो । नेविसङ्घभित्र संस्थापन इतर पक्षका विद्यार्थीबीच बैठक बसिरहेको बेलामा संस्थापन पक्षका विद्यार्थीले बैठक बिथोल्न खोजेपछि दुई पक्षबीच विवाद बढ्दा ढुङ्गा हानाहान भएको हो ।
विवाद बढेर दुई पक्षबीच ढुङ्गा हानाहान भएपछि स्थितिलाई नियन्त्रणमा लिनका लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता एवम् प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो ।
पछिल्लो समय नेविसङ्घभित्र दुई समूहबीच विवाद बढ्दा जिल्ला र क्याम्पसमा समानान्तर समिति गठन हुन थालेका छन् ।