अमेरिकामा नवनिर्वाचित राष्ट्रपति ट्रम्पबाट मन्त्रीमन्डल पूर्णता
मंसिर ९, २०८१ आइतबार
तनहुँ - तनहुँको देवघाट गाउँपालिका–५ मा बाख्रा फार्ममा आगलागी हुँदा ३२ लाख रुपैयाँ बराबरको क्षति भएकाे छ । स्थानीय बुद्धिप्रसाद उपाध्यायले सञ्चालन गरेको भट्टराई कृषि तथा बाख्रा फार्ममा गएराति आगलागी भएकाे हाे ।
आगलागीबाट चार वटा बाख्रा जलेर मरेका छन् भने अठार वटा बाख्रा जलेर घाइते भएका प्रहरीले जनाएको छ । बाख्राको गोठ, पराल, दाना, चोकरलगायतका सामान पूर्णरूपमा जलेर नष्ट भएको इलाका प्रहरी प्रमुख कृष्णबहादुर बानियाँले जानकारी दिनुभयो ।
फार्ममा ६२ वटा बाख्रा, पाँचवटा भैँसी, चारवटा गाई थिए । प्रहरीका अनुसार गएराति साढे एक बजेदेखि लागेको आगो भरतपुर महानगरपालिकाबाट आएको दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा बिहान ३ बजे निभाइएकाे हाे ।
करिब १४ वर्ष वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया र सिङ्गापुर बसेर फर्किनुभएका उपाध्यायले झन्डै तीन वर्षदेखि फार्म सञ्चालन गर्दै आउनु भएकाे थियाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।