सर्लाहीमा माेटरसाइकल दुर्घटना हुँदा दुई जनाकाे ज्यान गयाे
चैत १६, २०७९ बिहिबार
काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा तत्काल आधुनिक फ्लडलाइट र स्कोरबोर्ड जडान गर्न निर्देशन दिनुभएकाे छ । त्रिवि मैदानमा पूर्वाधार विकासका लागि आवश्यक साधन स्राेतको व्यवस्था सरकारले गर्ने बताउँदै उहाँले राष्ट्रिय खेलकुद परिषद् (राखेप) यस्ताे निर्देशन दिनुभएकाे हाे ।
प्रधानमन्त्री प्रचण्डले विश्व कप क्रिकेटको क्वालिफायरमा छनोट भएका नेपाली क्रिकेट टोलीलाई आज बालुवाटारमा बोलाएर बधाई दिने क्रममा त्रिवि मैदानमा तत्काल फ्लडलाइट र स्काेरबाेर्ड जडान गर्न राखेपलाई निर्देशन दिनुभएकाे हाे । उहाँले क्वालिफायरमा छनोट भएकाे टाेलीका सदस्यहरूलाई बधाई दिँदै जनही तीन लाख रुपैयाँ पुरस्कार दिने घोषणा पनि गर्नुभएकाे छ।
साथै प्रधानमन्त्री प्रचण्डले चितवनमा बन्न लागेको अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशालाकाे समस्या समाधान गरी सरकारले तीव्र गतिमा काम अघि बढाइरहेको बताउनुभयो ।
यादव प्रसाद भुसाल
March 17, 2023, 2:32 p.m.निर्देशन होइन बजेट विनियोजन गर्नु पर्ने होइन र?