फोर्ब्सकाे घोषणा : एलन मस्क मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेट एक तह माथि पुगेको बताउनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आईसीसी लिग–२ मा तेस्रो स्थान प्राप्त गर्न सफल राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिन आज शुक्रवार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष चन्दले यस्तो बताउनुभएको हो । उहाँले विश्व कप क्वालिफायरका छनोट हुनु भनेको नेपाली क्रिकेट एक तह माथि पुगेको रूपमा क्यानले लिएको बताउनुभयो ।
अध्यक्ष चन्दले क्रिकेट सङ्घले गर्नसक्ने क्षमताले मात्रै नेपाली क्रिकेटरको भविष्य सुरक्षित नहुने भन्दै राज्यले यसमा ध्यान दिन जरुरी रहेको बताउनुभयो । उहाँले राज्यले क्रिकेटलाई प्राथमिकतामा मात्रै नभई खेलकुद क्षेत्रकै पहिलो प्राथमिकताका रूपमा क्रिकेटलाई राख्नुपर्ने उल्लेख गर्नुभयाे ।
उहाँले भन्नुभयो, ‘यो विजयबाट नेपाली क्रिकेट एक तह माथि पुगेको भन्ने नेपाल क्रिकेट सङ्घले महसुस गरेको छ । क्रिकेट सङ्घले गर्नसक्ने क्षमताले मात्रै नेपाली क्रिकेटरको भविष्य सुरक्षित हुँदैन, राज्यको यसमा ध्यान जान जरुरी छ ।’
अध्यक्ष चन्दले सरकारले खेलाडीहरूको भविष्य सुनिश्चित गर्नुपर्ने बताउनुभयो । आउँदा दिनमा नेपालले ठूलो प्रतियोगिता खेल्ने भएकाले त्यसका लागि आवश्यक पूर्वाधार तयार गर्न उहाँले सरकारसँग आग्रह गर्नुभयो । उहाँले बिहीवार यूएईसँगको खेलमा कीर्तिपुरमा ३० हजार बढी दर्शकहरू पुगेको बतउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।