लिजेन्ड्स लिग क्रिकेट : इन्डिया महाराजलाई ८५ रनले हराउँदै नेपालका पारस खड्का आबद्ध टोली फाइनलमा

 चैत ५, २०७९ आइतबार ६:२९:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का आबद्ध एसिया लायन्स लिजेन्ड्स लिग क्रिकेटको फाइनलमा पुगेको छ ।

गएराति भएको एलिमिनेटर खेलमा इन्डिया महाराजलाई ८५ रनको फराकिलो अन्तरले हराउँदै लायन्स फाइनलमा पुगेको हो । लायन्सले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको महाराज १६ ओभर ४ बलमा १ सय ६ रनमा समेटियो । उसका कप्तान गौतम गम्भीरले सर्वाधिक ३२ रन बनाए ।

सुरेश रैना १८ तथा रोबिन उथप्पा १५ रनमा आउट भए । दोहामा टस जितेर पहिला ब्याटिङ रोजेको एसिया लायन्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९१ रन बनाएको थियो । लायन्सका उपुल थरङ्गाले सर्वाधिक ५० रन बनाए । त्यस्तै मोहम्मद हफिजले ३८ रन जोडे ।

अस्गर अफगान ३४ रनमा अविजित रहे । नेपालका पारस खड्काले हिजोको खेलमा ब्याटिङ गर्नु परेन । यसअघि वर्ल्ड जायन्ट्स फाइनलमा पुगिसकेको छ । उपाधिका लागि भोलि वर्ल्ड जायन्ट्स र एसिया लायन्सबीच खेल हुनेछ । 

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया